News Portal

  • अर्धनग्न अवस्थामा भेटियो बुद्धशान्तिमा महिलाको शव

    रातोपोस्ट संवाददाता
    ३५२ पटक

    झापा, असार १३ । झापाको बुद्धशान्ति गाउँपालिकामा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको छ । बुद्धशान्ति ४ स्थित बर्ने छेउको राजमार्गबाट करिब ३०० मिटर पूर्व चिया बगानको बिचमा एक महिलाको वेवारिसे शव भेटिएको हो ।

    स्थानीय केटाकेटीले सो देखेपछि अभिभावकलाई खबर गरेर प्रहरी बोलाइएको बताइएको छ ।

    शवको प्रकृति हेर्दा हत्या नै भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । प्रहरीका अनुसार मुख बन्ध गरिएको अवस्थामा लाश भेटिएको र वरिपरी केही माद्यक पर्दाथ, चाउचाउ र छाता समेत रहेको छ । हालसम्म सो लाशको पहिचान हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)