News Portal

  • इलाममा एकै दिन थपिए ५ जना कोरोना संक्रमित

    रातोपोस्ट संवाददाता
    ७८५ पटक

    इलाम, १३ असार । इलाममा आज एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन् । आज आएको रिपोर्टमा ओमनबाट आएका ३ जना, साउदी अरवबाट आएका १ जना र भारतबाट आएका १ जना रहेका छन् ।

    ओमनबाट र साउदी अरवबाट आएर सूर्योदय नगरपालिकाको कन्याममा रहेको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका ३०, २८, ४८ र ३० वर्षीय चारै जना पुरुष रहेका छन् । भारतबाट आएका भने पशुपतिनगरको क्वारेन्टाइनमा रहेका थिए । उनीहरु सूर्योदय नगरपालिकाका विभिन्न वडाका स्थायी वासिन्दा हुन ।

    उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको सूर्योदय नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले जानकारी गराए ।

    आज थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेका छन् । इलामका पहिलो र दोस्रो संक्रमित सूर्योदय नगरपालिकाका दुवै जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)