News Portal

  • रुपन्देही हुँदै पाल्पा पुग्यो सलह, सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने प्रदेश सरकारको निर्णय

    रातोपोस्ट संवाददाता
    ३४८ पटक

    पाल्पा,असार १३ । सलह किरा सङ्कलन गर्नेलाई प्रदेश नम्बर ५ सरकारले प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ ।

    प्रोत्साहन स्वरुप किरा सङ्कलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ की वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले जानकारी दिइन ।

    सङ्कलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने अधिकारीले बताईन ।

    भारतको सीमा क्षेत्र हुँदै रुपन्देहीमा भेटिएको किरा सलह भएको जानकारी दिँदै वरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीले सामान्यतया दुई ग्रामको हुने यो सलह किराले एक दिनमा आफ्नो तौल बराबरको खानेकुरा खाने जानकारी दिइन ।

    ३५ हजार मानिसलाई पुग्ने खानेकुरा सलहको झुण्डले एकै पटक खाने उनको भनाइ छ ।

    कृषि ज्ञान केन्द्र पाल्पाका प्रवक्ता सन्तोष पाठकले रुपन्देहीबाट पाल्पाको दोभान हुँदै सलह किरा सराई र पोखराथोकसम्म आइपुगेको बताए । केही किरा दोभान क्षेत्रमा बसेको पाठकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्