News Portal

  • गाडी दुर्घटनामा बुटवलका पत्रकार पाण्डेको मृत्यु

    रातोपोस्ट संवाददाता
    ७४५ पटक

    बुटवल,असार १४ । सवारी दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ।

    सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति भएको दुर्घटनामा ३० वर्षीय पाण्डेको मृत्यु भएको हो। उनी न्युज २४ टेलिभिजनका रिपोर्टर हुन्।

    बुटवलदेखि घर ड्राइभरटोलतर्फ जाँदै गर्दा बा ७ च ६९५९ नम्बरको उनले चलाएको कार दुर्घटना भएको थियो। प्रहरीको अनुसार सडक किरानाको फलामे बारमा कार ठोक्किएको छ।

    दुर्घटनाा गम्भीर घाइते पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको उपचारकै क्रममा शनिबार राती करिब १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

    शवलाई पोष्ठमार्टमका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)