News Portal

पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
३६७ पटक

काठमाडौं,असार १४ । पछिल्लो २४ घण्टामा नेपालमा ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा उनीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको नमुना परीक्षणमा मोरङका १७, झापाका २, उदयपुरका ६ र इलामका १ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै प्रदेश जनस्वास्थ्य कार्यालय विराटनगरमा सुनसरीका १, प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा धनुषाका १०, महोत्तरीका ५६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डडेल्धुराका १, अर्चाखाँची ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका १७, खोटाङका ४, रौतहटका १७, सर्लाहीका १ सिन्धुपाल्चोकका १ जना रहेका छन्।

त्यसैगरी कीटजन्य रोग अनुसन्धान प्रयोगशाला हेटौडामा गुल्मीका २०, कपिलवस्तुका २ जनामा पुष्टि भएको छ।

पाटन अस्पताल ललितपुरमा गरिएको नमुना परीक्षणमा ललितपुरका १ र धादिङका १ जना रहेका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा बाजुराका ६३ जनामा संक्रमण देखिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा कास्कीका ५, नवलपरासी पूर्वका ३१ र प्रादेशिक जनस्वास्थ्य कार्यालय पोखरामा बाग्लुङका २९, पर्वतका २, सल्यानका १, तनहुँका ६, लमजुङका १ र म्याग्दीका २ जनामा संक्रमण देखिएको छ।

प्रादेशिक जनस्वास्थ्य कार्यालय रुपन्देहीमा कपिलवस्तुका १, पाल्पाका २, प्युठानका ३५, गुल्मीका १, रुपन्देहीका १२ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमुना परीक्षणमा दाङका ३४, कपिलवस्तुका ५, रोल्पाका १ जना रहेका छन्।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा बाजुराका ३३, रुकुम पश्चिमका १ र सल्यानका १ जनामा संक्रमण देखिएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको नमुना परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा विभिन्न २२ वटा प्रयोगशालामा ४ हजार ९६२ आरटीपीसीआर विधिबाट र २ हजार ७३२ आरडीटी विधिबाट नमुना परीक्षण गरिएका छन्।

त्यस्तै आजसम्म ९ हजार ७३१ जना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। देशैभर ६१ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिकृया दिनुहोस्