News Portal

  • आज थप ४७६ जना कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

    रातोपोस्ट संवाददाता
    ४४१ पटक

    काठमाडौं, असार १५ । नेपालमा थप ४७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १ सय ३४ जना पुगेको छ ।

    १० हजार ८५ जना आइसोलेसनमा रहेको उनले बताए । २४ घण्टामा ७ हजार ७ सय ९१ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)