News Portal

राष्ट्रिय धान दिवस तथा पुष्पलाल जयन्तीमा मेचीनगरमा सामुहिक रोपाइ

रातोपोस्ट संवाददाता
८४० पटक

झापा,असार १५ । १७ औं राष्ट्रिय धान दिवस र ९५ औं पुष्पलाल जयन्तीमा अाज मेचीनगरमा सामूहिक रोपाई कार्यक्रम भएकाे छ ।


मेचीनगर–१३ स्थित दुवागढी चोकमा अनेरास्ववियु मेचीनगर कमिटि, अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटि र अखिल नेपाल किसान महासंघको आयोजनामा पुष्प जयन्ती र राष्ट्रिय धान दिवस मनाइएको हो ।

प्रदेश सांसद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न रोपाई कार्यक्रममा नेकपा जिल्ला सदस्य डिल्लीराम घिमिरे, मेचीनगर अध्यक्ष माधव अर्याल, मेचीनगर १३ वडा अध्यक्ष कृष्ण सिग्देल, युवा संघ नेपाल पुर्व केन्द्रीय सचिव राजु कार्की, अनेरास्ववियु झापा जिल्ला पुर्व अध्यक्ष देश्बन्दु ढुङ्गेल, रोशन सुवेदी, अनेरास्ववियु झापा जिल्ला सहसम्योजक दुर्गा धमला, युवा संघ नेपाल झापा जिल्ला सदस्य तथा क्षेत्रीय इन्चार्ज राजु धिमाल, नेकपा बिर्तामोड नगर कमिटी सचिवालय सदस्य सुबाश भट्टराई, युवा संघ नेपाल पुर्व क्षेत्र उपाध्यक्ष दिपक घिमिरे, अनेरास्ववियु झापा जिल्ला पुर्व कोषाध्यक्ष सागर लिम्बु, बिद्यार्थी नेता हेडम्बर निरौला, युवा नेता भीष्म पौडेल, युवा संघ नेपाल पुर्व मेचीनगर अध्यक्ष सरोज मेहरा, नेपाल मेचिनगर पुर्व अध्यक्ष बिनोद मण्डल, युवा संघ नेपाल नगर कमिटी सचिवालय सदस्य भोजराज पराजुली, अनेरास्ववियु झापा जिल्ला पुर्व सचिवालय सदस्य निरोज थापा, अनेरास्ववियु देबि क्याम्प अध्यक्ष बलराम गिरीलगायतको उपस्थिति रहेको थियो ।

अनेरास्ववियु मेचीनगर अध्यक्ष सन्तोष धमलाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन त्रिदेव क्याम्पसका अनेरास्ववियु अध्यक्ष योगेन्द्र भण्डारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्