News Portal

  • ‘ऋण थपियो, निन्द्रा लागेन’ भन्दै ट्याक्सी व्यवसायीको प्रर्दशन

    रातोपोस्ट संवाददाता
    ६४६ पटक

    काठमाडौं, सरकारले पुनः लकडाउन थप गरेर आफूहरुको पेटमा लात हानेको भन्दै ट्याक्सी व्यवसायी र चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

    तीन महिनादेखि ट्याक्सी थन्क्याएर बसेका उनीहरु अब गुजारा नै चलाउन नसक्ने अवस्था बनेको भन्दै मंगलबार सडकमा उत्रिएका हुन् । उनीहरुले यातायात व्यवस्था विभागलाई केन्द्र बनाएर बानेश्वरदेखि तीन कुनेसम्म प्लेकार्डसहित आन्दोलन गरिराखेका छन् ।

    प्रदर्शनमा उत्रिएका ट्याक्सी व्यवसायीले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् ।

    भोक खप्न नसकेपछि र बैंक तथा घरभेटीको दबाब सहन नसकेपछि बाध्य भएर सडकमा उत्रिएको उनीहरुको भनाई छ । आफूहरुको माग सम्बोधन नगरिए सडकमै अनसन बस्ने र सुत्ने चेतावनी दिएका छन् ।

    सरकारले सोमबार साउन ७ गतेसम्म लकडाउन थप गर्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)