News Portal

रोल्पामा एक पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या

रातोपोस्ट
५९० पटक

बुटवल,असार १६ । रोल्पाको गंगादेव गाउँपालिकाका एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् । केहि दिनअघि विदेशबाट घर आई गंगादेव गाउँपालिका वडा नम्वर ५ को क्वारेन्टिनमा बसेका ३१ वर्षीय एभान नेपालीले बुधवार दिउँसो करिव १ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङ्गले जानकारी दिए ।

उनी दुवईबाट घर आई सार्वाजानिक क्यारेन्टाईन खाली नभएपछि असार १० गते देखि गाउँकै १ जनाको खाली घरको क्वारेन्टिनमा बसेका थिए । सोही घरको छानाको धुरीबलामा झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारमा खबर गरेको डिएसपी गुरुङ्गले बताए ।

सार्वजनिक क्वारेन्टिन खाली छैन भनेर उनलाई भनिएर एक्लो घरमा राखिए पनि भारतबाट आएकाहरुले उनलाई क्वारेन्टिनमा बस्न नदिएको जनाईएको छ ।राताे पाटि

प्रतिकृया दिनुहोस्