News Portal

  • झापामा थप २० जना कोरोना संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    ३३७ पटक

    झापा, असार १७ । मेचीनगरका ७ सहित झापामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या २४९ पुगेको छ ।

    मेचीनगरमा पुष्टि भएकाहरुमा वडा नं ५ का ४ जना, वडा नं १० का २ जना, ११ का १ जना रहेेेका छन् । संक्रमित सबै भारतबाट आएर धुलावारी स्थित अतिथि सदन भवनको क्वारेन्टाइनमा रहेका सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए ।

    आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा मेचीनगरमा मात्र संक्रमितको संख्या २७ पुगेको छ भने ३ जना निको भएर घर फर्की सकेका छन् ।

    झापाको मेचीनगरमा ७, बुद्धशान्ति ५, गौरादह ७ र गौरीगञ्जका १ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

    झापाका संक्रमितमध्ये १८८ जना उपचारपछि घर फर्किसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)