News Portal

ओलीपक्षका स्थायी समिति सदस्यसँग छलफलमा प्रचण्ड

रातोपोस्ट संवाददाता
४१६ पटक

काठमाडौँ, असार १८ । पार्टीभित्र आन्तरिक किचलोमा फसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफललाई तीव्रता दिएका छन् ।

बिहीबार बिहान आफ्नो निवास खुमलटारमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका स्थायी समिति सदस्यहरुसँग छलफल गरिरहेका छन् ।

छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी रहेका छन् । त्यस्तै, प्रचण्ड पक्षका जनार्दन शर्मालगायत केही स्थायी समिति सदस्यहरु पनि रहेका छन् ।

एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि यतिबेला पार्टीभित्रको विवाद उत्कर्समा पुगेको छ ।

बुधबार मात्र ओलीइतर पक्षका स्थायी समिति सदस्यहरुले ललितपुरको झम्सिखेलमा भेला गरेर ओलीको कार्यशैलीविरुद्ध एक जुट भएर अघि बढ्ने सहमति गरेका थिए ।

प्रतिकृया दिनुहोस्