News Portal

कस्तो रहला आज दिनभरको मौसम ?

रातोपोस्ट संवाददाता
६४० पटक

काठमाडौँ, असार १८ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ। हाल देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश ५, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ।

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेशका, प्रदेश ५ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्