News Portal

बिहानैदेखि ओली निकट नेताहरुसँग छलफलमा व्यस्त छन् प्रचण्ड

रातोपोस्ट संवाददाता
७९८ पटक

काठमाडौँ, असार १८ । प्रधानमन्त्री के पी शर्मा ओलीले दिएको बयानका कारण पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र खैलाबैलाको स्थिति रहेको छ । पार्टी अध्यक्ष समेत रहेका ओलीले आफ्नै पार्टीभित्रका शिर्ष नेताहरुले आफुलाई हटाउन खेल सुरु गरेको आरोप लगाएपछि पार्टी भित्र रडाको मच्चिएको हो ।

उता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली निकटका नेताहरुसँग छलफल र परामर्शमा जुटेका छन् । उनले ओलीको राजीनामा खुलेरै मागेपछि पार्टीभित्र गुटगत वार्ता र छलफलले तीब्रता पाएको हो । आज बिहानैदेखि प्रचण्ड निवास खुमलटारमा ओली निकट नेताहरुसँग उनी छलफलमा जुटेका छन् ।

बुधबार बिहान ओलीले आफ्ना निकट मानिएका नेता र मन्त्रीहरुसँग छलफल गरेका थिए । खुमलटारमा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु प्रचण्डसँग छलफलमा व्यस्त रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्