
पोखरा,असार १९ । गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ४ जिल्लाका थप ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका १९ जना, तनहुँका ९ जना, पर्बतका ३ जना र बाग्लुङका एक जना रहेका छन् ।
नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा अहिलेसम्म २८७ जना कोरोना संक्रमित ठिक भएका छन् ।
त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १०६३ पुगेको छ ।