News Portal

क्वरेण्टीनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
९८४ पटक

रोल्पा, असार १९ । क्वरेण्टीनमा आत्महत्या गरेका रोल्पाका एक पुरुषमा कोरोना पुष्टि भएकाे छ । क्वरेण्टीनमै झुण्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय ती पुरुषमा कोरोना पुष्टि भएकाे हाे ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएकाे छ ।

मृतक पुरुषमा कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङका लागि टोली त्यस स्थानमा पठाइने र सबैको स्वाब संकलन गरी परीक्षण गरिने भएकाे छ ।

प्रतिकृया दिनुहोस्