News Portal

  • एकैदिन भारतमा झण्डै २१ हजार कोरोना संक्रमित थपिए

    रातोपोस्ट संवाददाता
    ९१७ पटक

    काठमाडौं, असार १९। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ ।

    कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार २१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३७९ जनाको मृत्यु भएको छ ।

    भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ८६ हजार ६२६ संक्रमित फेला परेका छन् । यो राज्यमा अहिलेसम्म आठ हजार १७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

    दोस्रो सबैभन्दा प्रभावित राज्य तामिलनाडुमा अहिलेसम्म कोरोना भाइरसका ९८ हजार ३९२ संक्रमित फेला परेका छन् भने एक हजार ३२१ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा पनि कोरोना भाइरसका ९२ हजार १७५ संक्रमित फेला परेका छन् भने दुई हजार ८६४ जनाको मृत्यु भइसकेको छ ।

    उत्तर प्रदेशमा अहिलेसम्म २४ हजारभन्दा धेरै संक्रमित भेटिँदा ७३५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा १९ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६९९ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि १० हजारभन्दा धेरै संक्रमित भेटिँदा ७७ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म तीन लाख ७९ हजार ८९२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)