News Portal

  • कतारबाट आइपुगे १४७ नेपाली : यूएई, कुवेत र मलेसियाबाट पनि फर्कंदै

    रातोपोस्ट संवाददाता
    ३०५ पटक

    काठमाण्डौ, असार १९ । कतारको दोहाबाट १४७ जना नेपाली आज बिहानै स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ६ जना महिला र १४१ जना पुरुष आज स्वदेश आइपुगेका हुन् ।

    जहाजले कतारमा ज्यान गुमाएका दुई नेपालीको शव पनि ल्याएको छ । कतारबाट समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो ८ औं उडान हो ।

    आज कतारकै दोहाबाट कतार एअरवेज पनि नेपाली लिएर नेपाल आउँदैछ । आज यूएईबाट नेपाली लिएर दुईवटा जहाज आउँदैछन् भने मलेसियाको क्लालाम्पुरबाट मलिण्डो एअर नेपाली लिएर आउँदैछ । कुवेतबाट पनि आममाफीमा सहभागी नेपाली स्वदेश फर्कंदै छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)