News Portal

  • क्‍वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षमा कोरोना संक्रमण

    रातोपोस्ट संवाददाता
    ८४६ पटक

    राजविराज, असार १९ । सप्तरीका एक वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ।

    जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिकाका ५८ वर्षीय एक वडाध्यक्षमा कोभिड-१९ पोजिटिभ देखिएको जानकारी दिए। उनी क्वारेन्टाइन व्यवस्थापनमा खटिँदै आएका थिए।

    वडाध्यक्षलाई संक्रमण देखिएपछि अन्य वडाध्यक्ष, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगी र अन्य कर्मचारीको नमूना परीक्षणको तयारी गरिएको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए।

    वडाध्यक्षलाई संक्रमण देखिएको क्वारेन्टाइनमा रहेकामध्ये २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताए। रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)