News Portal

  • पार्टी एकता जोगाउन नेकपा केन्द्रीय सदस्यहरुद्वारा धुम्बाराही धर्ना

    रातोपोस्ट संवाददाता
    ५१४ पटक

    काठमाडौँ, असार १९ । नेकपाको पार्टी एकतालाई जोगाउन माग गर्दै पार्टी कार्यालय धुम्बाराहीमा केही केन्द्रीय सदस्यसहित कार्यकर्ताले धर्ना दिएका छन्।

    पार्टीभित्र पछिल्लो समय बढेको तिक्तताको कारण विभाजन हुने हो कि भन्ने आशंका पैदा भइरहेका बेला नेताहरुलाई दबाब दिन कार्यकर्ताहरुले प्ले कार्डसहित धर्नामा बसेका हुन्। शुक्रबार दिउँसो दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा छलफल गरिरहँदा कार्यकताले धुम्बराहीमा विभिन्न समूहमा धर्ना दिएका हुन्।

    प्लेकार्डमा ‘आजलाई होइन भोलिलाई, व्यक्तिलाई होइन विधिलाई, कम्युनिस्ट पार्टी नीतिलाई’ लगायतका नारा लेखिएको थियो। नेकपामा जारी स्थायी समिति बैठकमा अध्यक्ष ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नु पर्ने दबाब दाहाल-नेपाल पक्षले दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)