News Portal

गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या ३३ पुग्यो

रातोपोस्ट संवाददाता
४९५ पटक

काठमाडौं,असार २० । गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो मानवीय हताहतिसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ।

उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन्‌।

प्रतिकृया दिनुहोस्