News Portal

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०७९ पुग्यो

रातोपोस्ट संवाददाता
५०६ पटक

कास्की, असार २० । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा नवलपरासी सुस्ता पूर्वमा ७, तनहुँमा १ जना, कास्कीमा २ जना, स्याङ्जामा १ जना, म्यागदीमा ३ जना र बागलुङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ७९ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या २ सय ९६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । शनिवार विहान गोरखा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचाररत गारखा पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको छ। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

यसअघि स्याङ्जाको वालिङ नगरपालिकाका ५८ वर्षीय एक पुरुष र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ वर्षीय १ पुरुष सहित २ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्