News Portal

उत्कृष्ट कृषि सहकारीको सामूहिक धान रोपाई कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
१९२६ पटक

झापा, असार २०। उत्कृष्ट कृषि सहकारी संस्थाको आयोजनामा सामुहिक धान रोपाई कार्यक्रम शनिबार सम्पन्न भएको छ । झापाको हल्दिबारी – १ स्थित गोलधापमा सामूहिक धान रोपाई भएको हो ।

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएकोे कार्यक्रममा हल्दिबारी वडा नं १ की वडा सदस्य तथा कार्यपालिका सदस्य सरिता न्यौपानेकोे उपस्थिती रहेको थियो ।

त्यस्तै कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले कृषि क्षेत्रमा कृषकहरुको आकर्षण गर्न हल्दिबारी गाउँपालिकाका सदैव क्रियाशील रहेको बताए । कृषिले नै मानव जीवन जिउने हुँदा विश्वमा सबै भन्दा महान् व्यक्ति कृषक नै भएको उनको भनाइ छ ।

उत्कृष्ट कृषि सहकारी संस्थाका अध्यक्ष रुकुम गुरुङको अध्यक्षता तथा तिलकबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन पुजा राईले गरेको थिइन् ।

प्रतिकृया दिनुहोस्