News Portal

गण्डकी प्रदेशमा थपिए ३ जना कोरोना संक्रमित

रातोपोस्ट संवाददाता
६५२ पटक

पाेखरा,असार २१ । गण्डकी प्रदेशमा आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तनहुँका २ र बाग्लुङका एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या १०९१ पुगेको छ ।

संक्रमितलाई सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्