News Portal

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

रातोपोस्ट संवाददाता
७३४ पटक

झापा,असार २२ । झापामा आइतबार राति मोटरसाइकल दुर्घटनामा ३३ वर्षीय प्रहरी जवान वीरप्रसाद अधिकारी (वीरु) को मृत्यु भएको

उदयपुर घर भएका अधिकारी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको मुद्धा फाँटमा कार्यरत थिए । काम विशेषले मोटरसाइकलमा बिर्तामोड जाने क्रममा सुगम पेट्रोल पम्प नजिकै दुर्घटना भएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीसँगै सवार प्रहरी हवल्दार ज्ञाननाथ तिम्सिनाको बीएण्सी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्