
झापा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद् जनवर्गिय संगठनका युवा र विद्यार्थीले झापा जिल्ला पार्टी कार्यालय विर्तामोडमा ज्ञापनपत्र दिएका छन् । राष्ट्रिय युवा संघ नेपाल झापा र अनेराश्ववियु जिल्ला कमिटीले नेकपाको पाटी कार्यालयमा जिल्ला सचिव मणिकुमार साम्पाङलाई ज्ञापन पत्र बुझाएको हो ।
जिल्लाको पार्टी कार्यालयमा ५ सयभन्दा बढी जनवर्गिय संगठनका युवाहरु ज्ञापनपत्र बुझाउन कार्यक्रममा स्वतस्फुर्तरुपमा पुगेका हुन् । पार्टीलाई एकताको अपिल सहितको ज्ञापनपत्र बुझाएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य कुमार आर्चायले बताए ।
नेकपा सम्बद्द राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू झापाका जिल्लास्तरीय नेताहरुले उक्त ज्ञापनपत्र बुझाउँदै ‘पार्टी एकताबद्द राख्न, पार्टीलाई व्यक्तिभन्दा निति प्रधान बनाउन माग गरेका हुन् ।’
कार्यक्रमकाे सन्चालन गर्दै राष्ट्रिय युबा संघ नेपाल झापाका सह–संयोजक दधिराम रिमालले ‘पार्टी सुदृढ र मजबुत एकताका लागी ज्ञापनपत्र तथा धर्ना दिइएको जानकारी दिए।’
पछिल्लो समय प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका बहुमत नेताहरुले दुवै पदबाट राजिनामा मागेपछि चुलिएको विवादले पार्टी फुटको दिशामा गईरहेको बताइन्छ ।
बिगतमा पार्टीभित्रको बहस र छलफललाई ब्ययवस्थित रुपमा संचालन गर्न नसक्दा पाटी टुट र फुटको स्थितीमा पुगेको भन्दै पाटीलाई एक ढिक्का बनाएर जानुको बिकल्प नभएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि झापाका सह–संयोजक, दधिराम रिमाल, अनेराश्ववियु जिल्ला कमिटी संयोजक अनील सुवेदी, सह–संयोजक, दुर्गा धमलाद्धरा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य प्रत्युस रानाले भने, पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्नुको बिकल्प नभएको बताए । ओलीको व्याक्तिवादी र पार्टीलाई नटेरेको भन्दै स्थायी समितिका ४५ मध्य ३२ सदस्यले राजिनामा माग गरेपछि जारी स्थायी समितिका बैठक स्थगित गरेर विवादको निकासका लागी अर्का अध्यक्ष प्रचण्ड लगायत दौडधुप गरिरहेका छन् ।
ओलीले चलिरहेको संसद अधिवेशनसमेत अन्त्य गरेका छन् भने पार्टीका बैठकहरुमा समेत अनुपश्थित हुन थालेका छन् ।