News Portal

मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै : नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी

रातोपोस्ट संवाददाता
१३२५ पटक

काठमाडौं, असार २३। आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो।

आजको बैठकले नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने सम्भावना छ। प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलि, २४ असारबाट अवकाश पाउँदैछन्।

उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन्। नयाँ महानिरीक्षकको दौडमा एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन्। गृहमन्त्रालयका एक अधिकारीका अनुसार आजको मन्त्रिपरिषद्ले आईजीपी नियुक्तिको निर्णय गर्नसक्ने सम्भावना बलियो छ।

प्रतिकृया दिनुहोस्