News Portal

  • थप २५५ जनामा कारोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

    रातोपोस्ट संवाददाता
    ४११ पटक

    काठमाडौं, असार २४ । नेपालमा बुधवार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ९७ प्रतिशत संक्रमित बाहिरबाट भित्रिएका नेपाली रहेको बताए । ४ हजार ६९६ जनाको आरडीटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २५५ जना संक्रमित भेटिएको उनले बताए ।

    हाल ८ हजार ६३६ जना देशका विभिन्न अस्पतालको आईसोलेशनमा रहेका छन् । उनले हालसम्म पनि समुदाय स्तरमा कोरोना नफैलिएको पनि बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)