News Portal

  • सरिता गिरी सांसदबाट निष्कासित, सांसद पद रिक्त

    रातोपोस्ट संवाददाता
    १४५३ पटक

    काठमाडौं,असार २५ । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ ।

    संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो ।

    संसदका महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमअनुसार नै पाइएकाले उनको सांसद पद रिक्त भएको सूचना जारी गरेका हुन् ।

    संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जनाएको छ ।

    संघीय संसद सचिवालयले प्रतिनिधि सभामा एक पद रिक्त हुन आएको व्यहोरा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३६ को उपदफा (२) र प्र.स. नियामावली, २०७५ को नियम २१२ को उपनियम (३) बमोजिम निर्वाचन आयोगलाई जानकारी गराई सकिएको छ ।

    नयाँ नक्शालाई निशान छापमा समावेश गर्ने गरि गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्विप नमानेको भन्दै समाजवादीले उनलाई निष्कासन गर्ने निर्णयय गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)