News Portal

विश्वभर एकैदिनमा २ लाख २२ हजार कोरोना संक्रमित थपिए

रातोपोस्ट संवाददाता
५३६ पटक

काठमाडौं, असार २६ : विश्वभर एकै दिनमा २ लाख २२ हजार कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ८ सय २५ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार पुगेको छ।

सबैभन्दा धेरै अमेरिकामा झण्डै ६१ हजार संक्रमित थपिएका छन् । ब्राजिलमा ४२ हजार ९ सय, भारतमा २५ हजार ८ सय, रसियामा ६ हजार ५ सय, मेक्सिकोमा ७ हजार, दक्षिण अफ्रिकामा १३ हजार ६ सय, पाकिस्तानमा ३ हजार ३ सय जनामा नयाँ संक्रमण पुष्टि भएको समाचार एजेन्सीहरुले जनाएको छ।

यस्तै, एकै दिन ५ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ। ब्राजिलमा १२ सय, अमेरिकामा ९ सय ४५, मेक्सिकोमा ७ सय ८२, भारतमा ४ सय ७९, इरानमा २ सय २१, पेरुमा १ सय ८१, रसियामा १ सय ७६, पाकिस्तानमा ६१ जनाको मृत्यु भएको छ।

कूल संक्रमितमध्ये ७१ लाख ८१ हजार जना उपचारपछि निको भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ५६ हजार ५ सय ६४ पुगेको छ।

प्रतिकृया दिनुहोस्