News Portal

  • नेकपा स्थायी कमिटी बैठक एक साताको लागि स्थगित

    रातोपोस्ट संवाददाता
    ६२४ पटक

    काठमाडौं, असार २६ । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ।

    केहीबेर अघी ट्वीट गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको जानकारी गराएका हुन्। देशमा भइरहेको भारी वर्षा र बाढी पहिरोको कारण बैठक स्थगित गर्नुपरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

    १० असारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ। पछिल्लोपटक बैठक आज (शुक्रबार) का लागि सारिएको थियो।

    श्रेष्ठको ट्वीटमा भनिएको छ, ‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केका को तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित।’

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)