News Portal

  • डीएसपीसहित ८ जना प्रहरीको हत्या गर्ने विकास दुबे इनकाउन्टरमा मारिए

    रातोपोस्ट संवाददाता
    ३८३ पटक

    काठमाडौं,असार २६ । भारतमा ८ जना प्रहरीको हत्या गरेका भनिएका गुण्डा नाइके विकास दुबे प्रहरीसँगको मुठभेडमा मारिएका छन्। बीबीसीका अनुसार हिजो पक्राउ परेका दुबेलाई उज्जैनबाट कानपुर लगिँदै थियो। बीच बाटोमा दुबेलाई चढाइएको गाडी पल्टिन पुग्यो।

    त्यसपछि उनले भाग्ने कोसिस गरे। त्यसक्रममा गोली चलाउँदा उनी मारिएको प्रहरीले बताएको छ। भारतको कानपुरमा ८ जना सुरक्षाकर्मीको हत्या गरेको अभियोग लागेका विकास दुबे हिजो बिहीबार पक्राउ परेका थिए।

    उनी मध्य प्रदेशको उज्जैनबाट पक्राउ परेका हुन्। उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीले दुबेलाई पक्राउ गरेर मध्य प्रदेश प्रहरीलाई बुझाइदिएको बताइएको छ। गुण्डा समूहका नाइके दुबेमाथि कानपुरमा डीएसपीसहित ८ जना प्रहरीको हत्या गरेको अभियोग छ।

    गएको शनिबार राति दुबेलाई पक्राउ गर्न उनको घरमा गएको प्रहरीमाथि दुबेको समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा एक जना डीएसपी, ३ जना सबइन्स्पेक्टर र ४ जना प्रहरी जवान मारिएका थिए। प्रहरीको हत्या गरी दुबेको ग्याङ फरार भएको थियो। केही वर्षअघि उत्तर प्रदेशमा एक राज्यमन्त्रीको हत्या गरेको आरोपमा पनि प्रहरीले उनको खोजी गरिरहेको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)