News Portal

  • जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आयोगको आग्रह

    रातोपोस्ट संवाददाता
    ६६८ पटक

    काठमाडौं, असार २६ । राष्ट्रिय मुस्लिम आयोगले आगामी जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आग्रह गरेको छ । वि.स. २०७८ सालको जनगणनामा मुस्लिम समुदायको शैक्षिक अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्था लगायत हरेक दृष्टिकोणले समेट्न आयोगले आग्रह गरेको हो ।

    तथ्यांक विभागका महानिर्देशक र संवैधानिक आयोगका पदाधिकारीसँगको छलफलमा मुस्लिम आयोगले यस्तो आग्रह गरेको हो । आयोगका अध्यक्ष समिममिया अन्सारीले मुस्लिम समुदायका सबै क्षेत्रको तथ्याङ्क संकलन गर्दै संवैधानिक आयोगका प्रतिनिधि र बढी बसोबास रहेको भूगोलमा मुस्लिम समुदायलाई अनुगमनमा लिएर जानुपर्ने बताए ।

    केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले छलफलमा आएका कुराहरुलाई स्पष्ट रुपमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)