News Portal

रवि लामिछानेसहित सिधाकुराको टिम झापा आउँदै, झापाबाट कार्यक्रमको प्रत्यक्ष प्रशारण हुदै

रातोपोस्ट संवाददाता
९०९ पटक

झापा, असार २६ । न्यूज २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधाकुरा जनतासँगको टिम झापा आउदैछ । जनताको गुनासो समस्या, पीरमर्कालाई सुनेर ती समस्याको सम्बोधनका लागि मुलुकका सात प्रदेश पुग्ने लक्ष्यका साथ सिधाकुराको टिम पूर्व आउन लागेको हो ।

यस क्रममा जनताको गुनासो सुनेर उनीहरूलाई साथ दिने संकल्पका साथ न्यूज २४ टोलीले आगामी आइतबार प्रदेश नम्बर १ बाट आफ्नो घरदैलो अभियान यात्रा शुभारम्भ गर्दैछ । जसका लागि झापाबाट कार्यक्रम प्रत्यक्ष प्रशारण गर्ने तयारी भइरहेको न्यूज २४ टेलिभिजनका झापा संवाददाता राजु पौडेलले बताए ।

उनका अनुसार करिब एक सातासम्म प्रदेश नम्बर १ का विभिन्न स्थानमा पुगेर रिपोटिङ गरिनेछ । साथै कार्यक्रम उत्पादन र प्रशारण समेत यहीँबाट गरिनेछ । कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रत्यक्ष भेटेर आफ्ना कुराहरु राख्ने अवसर मिलेकाले इच्छुक दर्शकले आगामी शनिबार न्यूज २४ टेलिभिजनको बिर्तामोडस्थित ब्यूरो कार्यालयमा सम्पर्क राख्न समेत उनले अनुरोध गरे ।

कोरोना भाइरसको महामारीको कारण सर्वसाधरण आफ्नो गुनासो गुम्साएर आ–आफ्नै घरमा बस्न विवश छन् । यस्तो अवस्थालाई चिर्दै न्यूज २४ को टोली जनताको घरदैलोमा पुगेर उनीहरुको गुनासो, समस्या उजागर गर्न आफूहरु देशदौडाहमा निष्किएको सिधाकुरा जनतासँगका कार्यक्रम निर्माता दिपक बोहोराले बताए ।

प्रतिकृया दिनुहोस्