News Portal

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    रातोपोस्ट संवाददाता
    १३२० पटक

    काठमाडौं, असार २६। नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १–१ रुपैयाँले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँ पर्ने भएको छ ।

    मूल्य समायोजन भएसँगै १५ दिनको घाटा ५० लाख रुपैयाँमा झरेको जानकारी गराउँदै निगमले मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल र डिजेलमा घाटा नै रहेको दाबी गरेको छ । यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो ।

    निगमको शुक्रबार सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)