News Portal

  • सलह किन्न अर्जुनधारा नगरपालिकाले पाँच लाख बजेट विनियोजन

    रातोपोस्ट संवाददाता
    ७८१ पटक

    झापा, असार २७ । झापाको अर्जुनधारा नगरपालिकाले सलह कीरा खरिदका लागि पाँच लाख बजेट विनियोजन गरेको छ। सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले बताए।

    “सलह किरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौँ”, उनले भने, “नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १०० दिने योजना ल्याएका छौँ।” खरिद गरिएको सलह कीरा नगरको कृषि शाखाले प्रतिकेजी ५० दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ।

    यसैबीच, झापा क्षेत्र नं २ की सांसद एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौलाले अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेकी छन्। विश्व महामारीका रूपमा फैलिरहेको कोभिड–१९ को न्यूनीकरणका लागि उनले स्यानिटाइजर, मास्क, ग्राउड, सर्जिकल क्याप, चस्मा, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गरेकी हुन्। रासस

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)