News Portal

भारतमा कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो, २२ हजार १४४ को मृत्यु

रातोपोस्ट संवाददाता
६३९ पटक

काठमाडौं, असार २७ । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या आठ लाख नाघेको छ। वर्ल्डाेमिटर्सको तथ्यांकअनुसार आज बिहानसम्म भारतमा आठ लाख २२ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भारतमा २२ हजार १४४ पुगेको छ।

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा २७ हजार ७६१ जना नयाँ संक्रमित थपिएका थिए। सोही अवधिमा थप ५२१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। भारतमा हालसम्म पाँच लाख १६ हजार २०६ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। अहिले दुई लाख ८४ हजार २५३ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये आठ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकहरूको सूचीमा भारत तेस्रो स्थानमा छ। भारतभन्दा अगाडि अमेरिका पहिलो र ब्राजिल दोस्रो स्थानमा छन्। कोरोना संक्रमण दर उच्च बनेपछि केही दिनअघि मात्र भारतले कूल संक्रमित संख्यामा रूसलाई उछिनेको थियो।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)