News Portal

भारी वर्षाको सम्भावना : बाढी, पहिरो र डुबानबाट सतर्क रहन आग्रह

रातोपोस्ट संवाददाता
५९० पटक

काठमाडौं, असार २७ । आज सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन सरकारले आग्रह गरेको छ ।

वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएको भन्दै जल तथा मौसम विधान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले वर्षाका कारण सडक तथा हवाई सेवा पनि प्रभावित हुनसक्ने जनाएको छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

काठमाडौंमा बिहानैबाट मौसममा बदली आएको छ भने उपत्यकाका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ ।

प्रतिकृया दिनुहोस्