News Portal

  • विपद् व्यवस्थापन परिषद्को बैठक बालुवाटारमा जारी, बाढीपहिरोको जोखिमबारे छलफल हुँदै

    रातोपोस्ट संवाददाता
    ४८१ पटक

    काठमाडौं, असार २७। विपद व्यवस्थापन परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बाढीपहिरोले बिभिन्न जिल्लामा जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक बोलाएका हुन् ।

    बैठकमा प्रमुख प्रतिपक्षी दल एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सहभागी छन् । बैठकमा सहभागीहरुले विपदमा परेकाहरुलाई तत्काल उद्धार, राहत र व्यवस्थापनको काम चुस्त बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

    परिषदको बैठकपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)