News Portal

चितवनमा अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा ४ डाक्टर पक्राउ

रातोपोस्ट संवाददाता
११२३ पटक

चितवन, असार२ ७। चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरबाट चार चिकित्सक पक्राउ परेका छन् । अवैध रुपमा मृगौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अस्पतालको मृगौला रोग विभागका प्रमुख प्रा. डा. राकेश वर्मा, प्रा. डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यलय चितवनका एक अधिकारी पनि पक्राउ परेका छन् । प्रहरीको अपराध अनुसन्धान ब्यूरोले पक्राउ परेका सबैलाई काठमाडौं लैजाने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्