News Portal

  • नेपालमा थप ८२ जनामा काेराेना संक्रमण पुष्टि

    रातोपोस्ट संवाददाता
    ७३७ पटक

    काठमाडौं, असार २८ । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ जना पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो कुरा बताएका हुन् । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ९ सय १६ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म २३ हजार ९ सय १६ जना क्वारेन्टाइनमा छन् भने ८ हजार ७ सय ८४ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

    डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म ८ हजार ५ सय ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १ सय ६७ रहेको छ । प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ५१.१ प्रतिशत हो।

    मन्त्रालयका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)