News Portal

  • मेचीनगरबाट शुरु भयो विचार मञ्च डट कम अनलाईन

    रातोपोस्ट संवाददाता
    ९१० पटक

    झापा, असार २९ । झापाको मेचीनगर -६ काकरभिट्टामा प्रधान कार्यालय रहने गरी बिचारमञ्च डट कम अनलाईन सोमबारबाट औपचारिक रुपले शुरु भएको छ । मेचीनगरका पुराना पत्रकार जि एन शर्माले कम्प्यूटरको बटन अन गरेर अनलाईनको उद्घाटन गरेका हुन् ।

    भानु जयन्तीको अवसर पारेर सञ्चालन शुभारभ्भ गरिएको बिचारमञ्चले सबैको बिचारलाई सम्मान गर्ने सम्पादक/ प्रकाशक पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले बताए ।

    शुभारभ्भ कार्यक्रमा सम्पदक आचार्यले भने,‘ सबैका विचारलाई राख्ने एउटा साझा चाैतारी बनाउने हाम्रो प्रयास रहने छ, सबैकाे सहयोग भएमा साच्चै नै विचारकाे केन्द्र बिचारमञ्च डट कम अनलाईन बन्ने उनलेे बताए।’

    कार्यक्रममा मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टिका मंग्राती, नेकपा मेचीनगरका अध्यक्ष माधब अर्याल, नेपाली काँग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढाथोकी, जनता समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, तरुण दल झापाका अध्यक्ष गोपाल तामाङ, पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य मोहन काजी, काकरभिट्टा खानेपानी कार्यालयका प्रमुख दिपक पोखरेल र रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले शुभकामना मन्तब्य दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)