News Portal

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत झापामा बन्दै ६ सय ६२ घर

रातोपोस्ट संवाददाता
१८०८ पटक

झापा, असार ३१ । संघिय सांसद राम कार्की (पार्थ)को पहलमा झापा क्षेत्र नम्बर १ निर्वाचन क्षेत्रमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ६६२ वटा घर बन्ने भएको छ ।

जस अन्तर्गत भद्रपुर नगरपालिका वडा नम्बर ९ र १० मा २०६ वटा घर बन्ने भएको छ । त्यसै गरेर बुद्धशान्ति गाँउपालिका वडा नम्बर ४,५,६ र ७ मा २०७ वटा घर र मेचीनगर नगरपालिका क्षेत्रमा २४९ वटा घर बन्ने भएको छ ।

सांसद कार्कीको विशेष पहलमा सहरी विकास मन्त्रालय सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत आ.व २०७७/०७८ मा निम्न वर्गिय, अति बिपन्न, गरिबको रेखामुनी रहेका परिवार, प्रकोपका कारण घरबार बिहिन भएका परिवारहरुलाई घर निर्माण गर्नका लागि प्रत्येक घरलाई ५० हजारको जस्ता पाता र काठ वितरण गर्न लागिएको सांसद कार्कीका स्वकीय सचिव शिवु बुढाथोकीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्