News Portal

कालीकोटमा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

रातोपोस्ट संवाददाता
१४४१ पटक

सुर्खेत, असार ३१ । किशोरी बलात्कारको आरोपमा कालीकोटका एक वडा अध्यक्ष पक्राउ परेका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

आफ्नै गाउँकी बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि ललाइफकाइ बलात्कार गर्दै आएको उजुरी परेपछि शाहीलाई पक्राउ गरिएको डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

बुधबार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने डीएसपी ओलियाले बताए ।

उनका अनुसार वडा अध्यक्षलाई करणीसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

पीडित किशोरीको जाहेरी र बयानका आधारमा मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)