News Portal

  • ओली-प्रचण्डबीच अझै जुटेन सहमति

    रातोपोस्ट संवाददाता
    ३४२ पटक

    काठमाडौं, असार ३१ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बुधबारको छलफल पनि बिना निष्कर्ष सकिएको छ ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको ३ घण्टा लामो भेट विना निष्कर्ष टुंगिएको हो । दुई अध्यक्षबीच नेकपाभित्र देखिएको पछिल्लो विवादबारे छलफल भएको थियो ।

    यसअघि पनि दुई अध्यक्षबीच नेकपा विवादबारे छलफल भए पनि कुनै निष्कर्ष निस्किन सकेको छैन । पछिल्लो समय नेकपा स्थायी कमिटीका सदस्यसहित शीर्ष नेताहरुले अध्यक्ष ओलीको राजीनामा मागेपछि नेकपाभित्र थप विवाद उत्पन्न भएको थियो ।

    साउन २ गते हुने स्थायी कमिटीको बैठकअघि दुई अध्यक्षले सहमति जुटाउने प्रयास गरे पनि आजको छलफल विना निष्कर्ष टुंगिएको स्रोतले जनाएको छ ।आजको बैठकमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले केहीबेर सहभागि थिए । पछि अध्यक्षद्वयले मात्र छलफल गरेका थिए ।
    दुई अध्यक्षबीच बिही।बार पुनः छलफल हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)