News Portal

  • बालुवाटारमा माधव नेपालसहित तीन नेताको संयुक्त बैठक सुरु

    रातोपोस्ट संवाददाता
    ३३४ पटक

    काठमाडौं, साउन १। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन नेताबीचकाे संयुक्त बैठक बालुवाटारमा सुृरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच त्रिपक्षीय वार्ता सुरु भएको हो ।

    पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि अध्यक्ष ओली, प्रचण्ड र नेता नेपालबीच निर्णायक वार्ता सुरु भएको छ । आजको बैठकमा नेताहरुले सहमतिको अन्तिम बिन्दु खोज्ने स्रोतले जानकारी दियो । स्रोतकाअनुसार दुई नेताबीच पटकपटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि नेता नेपाललाई पनि सहभागी गराइएको हो ।

    बुधबार बसेको दुई अध्यक्षको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीलाई नेता नेपाललाई पनि बैठकमा सहभागी गराउन आग्रह गरेका थिए ।

    नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीले दुईमध्ये एक पद छोड्नुपर्ने माग राखेपछि चर्किएको नेकपाभित्रको विवाद अझै साम्य हुन सकेको छैन् ।

    नेताहरुबीच सहमति हुन नसक्दा नेकपा स्थायी कमिटी बैठक पटपटक स्थगित हुँदै आएको छ । नेकपा स्थायी कमिटी बैठक साउन २ गते अर्थात भोलीका लागि बोलाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)