News Portal

  • ओली, दाहाल र नेपालबीचको वार्ता निष्कर्षविहीन, प्रधानमन्त्रीको राजीनामा अड्कियो गाँठो

    रातोपोस्ट संवाददाता
    ३७४ पटक

    काठमाडौं, श्रावण १ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहितको छलफल पनि निष्कर्षविहीन बन्‍न पुगेको छ ।

    तीनजनाको बैठक भए पनि माधव नेपाल केही बेरअघि बैठकबाट बाहिरिएको थिए । नेपाल बाहिरिएपछि दुई अध्यक्षले केहीबेर कुराकानी गरेको भए पनि प्रधानमन्त्री ओलीकै राजीनामामा कुरा अड्किएको एक नेताले बताए ।

    स्रोतका अनुसार प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन भनेका थिए । प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान लिएपछि बैठक सकिएको हो । तीन नेताको बैठक पनि निष्कर्षविहीन बनेपछि भोलिको स्थायी कमिटी बैठक थप अन्योल बनेको छ ।

    आजै बिहान प्रचण्डसहित बहुसंख्यक सचिवालय सदस्य खुमलटारमा भेला भएका थिए । प्रचण्डनिवास खुमलटारमा भएको भेलाले स्थायी कमिटी बैठक नरोक्ने छलफल गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)