News Portal

नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

रातोपोस्ट संवाददाता
४६४ पटक

काठमाडौं, साउन २ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार राति सवा १० बजे सप्तरीको राजविराजका ७३ वर्षीय वृद्धको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए ।

मुटुका रोगी उनको स्वास्थ्यमा समस्या देखिएपछि असार ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ४ सय ४५ पुगेको प्रवक्ता गौतमले बताए।

२४ घण्टामा २ सय ८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६६ दशमलव एक दुई प्रतिशत हुन् ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)