रातोपोस्ट संवाददाता

नयाँदिल्ली, श्रावण २ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १० लाख भन्दा धेरै पुगेको छ। भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १० लाख तीन हजार ८ सय ३२ पुगेको छ।
शुक्रबार भारतमा झण्डै ३५ हजार संक्रमित थपिएका छन्। कोरोना संक्रमणका कारण अहिलेसम्म २५ हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। ६ लाख भन्दा धेरै व्यक्ति संक्रमण मुक्त भएका छन्।