News Portal

पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरूद्ध, पहिरोले ट्रक पुरियो

रातोपोस्ट संवाददाता
७४९ पटक

पाल्पा, ३ असार । पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्णरुपमा अवरुद्ध भएकाे छ । शुक्रबार साँझ साढे बजेतिर उक्त सडक खण्डको पाल्पाको गौडेपुल नजिकै गएको पहिराेले खसेको थियो ।

अहिले पनि उक्त स्थानमा साना गिट्टी सहित माटोको लेदोको पहिरो खसी रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीलेका पहिराेले ट्रक समेत पुरिएकाे छ । उनका अनुसार लु १ क ११७५ नम्बरको ट्रक नालीमा फसेको थियाे, साेहीबेला पहिराे खसेर उक्त ट्रक पुरिएकाे हाे । मानविय क्षती भने नभएको उनले जानकारी दिए ।

हिजो रातिको समयले गर्दा पहिरो हटाउन गाह्राे भएकाले आज विहानैदेखि पहिरो हटाउने काम सूरु गरिएको गिरीले जानकारी दिए । माथिल्लो भागबाट निरन्तर साना ढुंगासहितको पहिरो खसेकाले डोजर लगाई सडक सुचार गर्न केही समय लाग्ने र पहिरो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरि कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्