News Portal

  • कमल गाउँपालिकामा १ जनामा कोरोना पुष्टि

    रातोपोस्ट संवाददाता
    ४९८ पटक

    झापा, साउन ३ । झापाको कमल गाउँपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ ।

    कमल गाउँपालिका ५ का ३४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

    उनि असार २७ गते साउदीबाट आएर कमल गाउँपालिकाको क्वारेन्टाइन सहिद धर्मभक्त मा.वि मा बस्दै आएका थिए ।

    उनि सहित कमल गाउँपालिकाबाट २६ जनाको स्वाब संकलन गरि पिसिएआर परिक्षणका लागी पठाइएकोमा उनलाई कोरोना संक्रमण देखिएको कमल गाउँपालिका स्वास्थ्य शाखा संयोजन बावुराम थुलुङले जानकारी दिनुभयो ।

    साथै रिपोर्ट नेगेटिभ देखिएका मध्ये १७ जनालाई क्वारेन्टाइनबाट बिदा गरिएको छ भने संक्रमित संग नजिक रहेका बाकीको पुनः कोरोना परिक्षणका लागी स्वाब संकलन गरिएको छ । संक्रमण देखिएका पुरुषलाई भने आइसोलेसनका लागी पठाइने तयारी भइरहेको उहाले जानकारी दिए ।

    यो संगै कमल गाउँपालिकामा जम्मा कोरोना संक्रमित संख्या दुई पुगेका छ । यस अघि भारतबाट आएका कमल १ का एक युवकमा कोरोना संक्रमण देखिएकोमा उनि निको भएर घर फर्किसकेका छन्

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)